सामाखुसी काठमाडौँ
सदस्य सहयोग कोष

संस्थामा आवद्ध सदस्यहरुको सामाजिक सुरक्षाको लागि विभिन्न क्रियाकलापमा निश्चित सुविधा रकम भुक्तानी गर्न सदस्य सहयोग कोषको व्यवस्था गरी संचालन गर्दै आएको छ । सो कोषमा सदस्यले वार्षिक रु. १००÷– योगदान दिने र संस्थाको नाफाबाट वार्षिक केहि प्रतिशत रकम जम्मा गर्दै आएको छ । यस कोषबाट सदस्यहरुलाई निम्नानुसारको सुविधाहरु प्रदान गर्दै आएको छ ।

दुइ जना बच्चा सम्म प्रत्येक पल्ट सुत्केरी हुँदा रु १,५००।–

सदस्य दुर्घटना भई विरामी भएमा औषधी उपचार खर्च रु ३,०००।–

सदस्यको मृत्यु भएमा काजक्रिया खर्च रु. १०,०००।–

सदस्यको श्रीमानको मृत्यु भएमा काजक्रिया खर्च रु. ५,०००।–

सदस्यको घर बाढी वा पहिरोबाट भत्केको खण्डमा रु ३,०००।–

क्यान्सर रोगबाट पिडित वा कुनै ठूलो अपरेशन गर्नु पर्ने रोग लागेमा रु. ५,०००।– सम्मको औषधी उपचार खर्च भुक्तानी ।

६० वर्ष नाघेका सदस्यलाई हरेक वर्ष रु ५००।– उपचार खर्च भुक्तानी

हामीलाई सम्पर्क गर्नुहोस्

कार्यालय ठेगाना

सामाखुसी काठमाडौँ

सम्पर्क नम्वर
01-498887/01-4987031
कार्यालय इमेल
[email protected]