क) महिला सदस्य वर्गबाट बचत ÷ निक्षेप परिचालन गराई उत्पादनशील एंव आयमूलक परियोजनाहरु तयार गरी संचालन गराउने ।
ख) सदस्यहरुबाट निक्षेप संकलन गर्ने र संकलित निक्षेपमा उचित ब्याज प्रदान गर्ने ।
ग) उत्पादनशील औद्योगिक व्यवसायहरुको विकासमा पूँजी प्रवाह गरी महिला वर्गको आर्थिक स्थितिमा सुधार ल्याउने ।
घ) आन्तरिक तथा बाह्य आर्थिक, प्राविधिक तथा अन्य सहयोग जुटाई महिला वर्गका लागि रोजगारीका अवसरहरु सिर्जना गरी आय बृद्धि गर्ने ।
ङ) सदस्यहरुको आर्थिक एंव सामाजिक विषयमा पारस्परिक सहयोग तथा सहकारिताको आधारमा एकजुट भई कार्य गर्ने ।
च) ग्रामिण बैंक मोडेलमा बचत तथा ऋणको कार्यक्रम संचालन गर्ने ।
प्रमुख क्रियाकलापहरु :
संस्थाको मुख्य कार्यक्रमको रुपमा बचत तथा ऋण कार्यक्रम र सामुदायिक विकास कार्यक्रम संचालनमा रहेका छन् ।
१. बचत तथा ऋण कार्यक्रम ः
सदस्यहरुलाई आर्थिक रुपमा सशक्त बनाउने संस्थाको उद्देश्य अनुरुप सदस्यहरुबाट बचत संकलन गरी पूँजी संकलन गर्ने कार्यलाई निरन्तरता दिइएको छ । उक्त पूँजीलाई आय मूलक, सीप मूलक एवंम उत्पादनशील व्यवसाय संचालन गर्न सदस्यहरुलाई आवश्यक ऋण प्रदान गरी पूँजीको परिचालन गर्दै आएको छ ।
यस बचत संकलन र ऋण लगानी असुलीको कार्यलाई प्रभावकारी बनाउन बिगत २०५९ साल देखि बंगलादेशका नोबेल पुरस्कार बिजेता प्रो.मोहम्मय युनुसबाट प्रतिपादित ग्रामिण बैंक मोडेलमा आधारित सामुहिक जमानी प्रणालीमार्फत ऋण लगानी, असुली तथा बचत संकलनको कार्य गर्दै आएको छ ।
यस कार्यक्रममार्फत विपन्न तथा मध्यम परिवारका सदस्यहरुलाई समूहमा आवद्ध गराई बचत गर्ने बानीको विकास गर्नुको साथै बिना धितो समुह जमानीमा आय आर्जनका लागि कर्जा उपलब्ध गराई सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्न सहयोग पुगेको छ ।
सदस्यको परियोजनाको विश्लेषण गरि आवश्यकता अनुसार संस्थाले अचल सम्पत्ति धितोमा पनि ऋण प्रवाह गर्ने सुबिधा प्रदान गर्दै आएको छ । कुनै पनि सदस्यलाई जात–जाति, धर्म, लिङ्ग, वर्ग, स्तरका आधारमा भेदभाव नगरी सम्मानपूर्वक बचत तथा ऋणसम्बन्धी आर्थिक कारोबारमा सहभागी गराई सामाजिक न्याय र समानताको वातावरण कायम गर्न संस्थाले सहयोग पुर्याउँदै आएको छ ।
त्यसको साथ साथै आफ्ना सदस्यहरुको चेतनास्तर अभिवृद्धिका लागि आवश्यक सीपमूलक तालिम र जनचेतनामूलक कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ ।
२. सामुदायिक विकास कार्यक्रम ः
यस संस्थाले सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै वित्तीय विकासँगै सामाजिक विकास र वातावरण संरक्षणका दायित्वहरु पुरा गर्न पनि भूमिका निर्वाह गर्दै आएको छ । सदस्यहरुले ऋण लिएर संचालन गरेका परियोजनाहरुको दिगो संचालन सुनिश्चित गर्ने तथा सदस्यहरुलाई लघुउद्यमशिलता तर्फ अग्रसर गराउन विभिन्न सीपमूलक तथा वित्तीय साक्षरतासम्बन्धी तालिमहरु संचालन गर्दै आएको छ ।
हाल सम्म संस्थाले समाज तथा समुदायको विकासको लागि संचालन गरिएका प्रमुख कार्यक्रमहरु निम्नानुसार छ ।
– छात्रवृत्ति वितरण कार्यक्रम
– लघुकर्जा बीमा कार्यक्रम
– सदस्य सहयोग कोष व्यवस्था
– विभिन्न सीपमूलक तथा आयमूलक तालिम संचालन
– लघुउद्यम विकास कार्यक्रम
– वातावरण संरक्षण तथा सुधार कार्यक्रम
– वातावरणमैत्री स्वावलम्बन नमूना गाउँ विकास कार्यक्रम
– महिला अधिकार तथा संस्कृति जगेर्नासम्बन्धि कार्यक्रम ।
– स्वास्थ्य शिविर कार्यक्रम ।
संस्थामा आवद्ध भई आफ्नै सीप र क्षमताको आधारमा व्यवसाय संचालन गर्दै लघु उद्यमी बनेका महिला सदस्यहरुलाई छनोट गरि बार्षिक रुपमा उत्कृष्ट लघुउद्यमी पुरस्कारबाट सम्मान गर्ने कार्यक्रम संस्थाले प्रत्येक बर्षको साधारण सभामा सञ्चालन गर्दै आएका छ । यस अन्तर्गत हरेक वर्ष सात जना महिला लघुउद्यमीहरु सम्मानित हुँदै आएका छन् । साथै यस संस्थाका संस्थापक सदस्य स्व. पृथ्वी कुमारी श्रेष्ठको स्मरणमा अमृत पृथ्वी अभिनाशी गुठी बाट पनि एक जना लघुउद्यमी सदस्यलाई पृथ्वी कुमारी उत्कृष्ट उद्यमीबाट सम्मान गर्दै आएको छ ।