बविता घिमिरे
बविता घिमिरे (चावहिल)उलन वा उनबाट हातैले बुनेका लुगाहरू नेपालमा परम्परागत समयदेखि नै निकै लोकप्रिय र उपयोगी मानिँदै आएका छन्। विशेष गरी जाडो याममा चिसोबाट जोगिनका लागि उनबाट बनेका स्विटर, टोपी, मोजा, गलामा लगाउने स्कार्फ (मफलर) र पन्जाहरूको प्रयोग अत्यधिक हुन्छ। हातले बुनेका उनका कपडाहरू मेसिनबाट बनेका भन्दा तुलनात्मक रूपमा बढी बाक्ला, न्यानो र टिकाउ हुन्छन्। यसका साथै प्राकृतिक उनबाट बनेका कपडाहरूले शरीरको तापक्रम सन्तुलित राख्न मद्दत गर्छन् र छालाका लागि पनि आरामदायक मानिन्छन्।नेपालमा उनबाट लुगा बुन्ने काम केवल आवश्यकतामा मात्र सीमित नभई एउटा उत्कृष्ट हस्तकला र महिला सशक्तीकरणको बलियो माध्यम पनि बनेको छ। धेरैजसो उद्यमी महिलाहरूले घरकै फुर्सदको समय सदुपयोग गरी वा साना-तिना समूहहरू गठन गरेर विभिन्न रङ, आकर्षक डिजाइन र बुट्टाहरूमा उनका लुगाहरू तयार पार्ने गर्छन्। यसरी हातैले मेहनतका साथ बनाइएका मौलिक र कलात्मक उनका सामानहरू स्थानीय बजारमा मात्र नभई विदेशी पर्यटकहरूमाझ पनि निकै रुचाइने हुनाले यसले घरेलु उद्योग र आयआर्जनमा ठूलो योगदान पुर्याएको छ।