सामाखुसी काठमाडौँ

महिला सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड

थप हेर्नुहोस्
महिला सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड

महिला सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड २८ जना व्यवसायी महिला प्रवर्तकहरूद्वारा वि.सं. २०५६ पौष ५ गते (डिसेम्बर २०, १९९९) नेपाल सरकारको “सहकारी ऐन, २०४८” अन्तर्गत स्थापना गरिएको हो। यस संस्थाको मुख्य उद्देश्य महिला उद्यमीहरूलाई आवश्यक वित्तीय सहयोग प्रदान गर्नुका साथै काठमाडौं जिल्लाभित्रका सेवा क्षेत्रका ग्रामीण तथा सहरी गरिब एवं मध्यमवर्गीय महिलाहरूलाई लघुवित्त कार्यक्रममार्फत आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउनु हो। संस्था महिलाहरूलाई आत्मनिर्भर बनाउने, आयआर्जनका अवसर सिर्जना गर्ने, साना व्यवसाय तथा उद्यमशीलतालाई प्रवर्धन गर्ने र आर्थिक पहुँच अभिवृद्धि गर्ने दिशामा निरन्तर क्रियाशील रहेको छ। महिला सहयोगी साकोसले सदस्यहरूलाई बचत तथा ऋण सेवामार्फत व्यवसाय विस्तार र जीवनस्तर सुधार गर्न सहयोग पुर्‍याउँदै आएको छ। साथै, संस्था सामुदायिक विकास, सामाजिक सचेतना अभिवृद्धि तथा महिला नेतृत्व प्रवर्धनसम्बन्धी कार्यक्रममार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्ध रहेको छ।

संस्थाको दूरदृष्टि:

गुणस्तरीय वित्तीय सेवा मार्फत विपन्न तथा मध्यम वर्गको आर्थिक तथा सामाजिक रुपान्तरण र महिला सशक्तिकरण गरी गरिबी न्यूनीकरणमा सहयोग पुर्याउने एउटा नमुना संस्थाको रुपमा स्थापित हुने संस्थाको दूरदृष्टि रहेको छ ।

ध्येयः

यस संस्थाको मुख्य ध्येय सहकारीताको माध्यमबाट कार्यक्षेत्र भित्रका तुलानात्मक रुपमा गरिब विपन्न परिवारका महिलाहरुको आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार ल्याउनु रहेको छ ।
२०५६ पौष ५ स्थापना वर्ष
१००% लोकतान्त्रिक

स्वैच्छिक तथा खुला सदस्यता

सबैका लागि खुला, स्वेच्छाले सदस्य बन्ने सहकारी

लोकतान्त्रिक सदस्य नियन्त्रण

सदस्यद्वारा निर्णय, समान मत अधिकार र सहभागिता

आर्थिक सहभागिता

सदस्य बचत, लगानी र लाभमा समान सहभागिता

सामाजिक उत्तरदायित्व

समुदायको विकास, सामाजिक हित र उत्तरदायी सहकारी अभ्यासलाई प्राथमिकता दिने प्रणाली

अध्यक्ष को मन्तव्य

प्रमी श्रेष्ठ अध्यक्ष

नमस्कार,

कुनै पनि देशको विकासको लागि महिलाहरूको सशक्तीकरण र विकास अत्यन्तै जरुरी छ भन्ने मूल भावना, विचार र स्वच्छ उद्देश्यले अभिप्रेरित भएर २०५६ साल पौष ५ गते स्व. चमेली शाक्यज्यूको नेतृत्वमा विधिवत रूपमा यो महिला सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. दर्ता भएको हो।

यस संस्थाको मुख्य ध्येय सहकारीताको माध्यमबाट कार्यक्षेत्रभित्रका तुलनात्मक रूपमा गरिब तथा विपन्न परिवारका महिलाहरूको आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार ल्याउने रहेको छ भने गुणस्तरीय वित्तीय सेवामार्फत विपन्न वर्गको आर्थिक तथा सामाजिक रूपान्तरण र महिला सशक्तीकरण गरी गरिबी न्यूनीकरणमा सहयोग पुर्‍याउने एउटा नमुना संस्थाको रूपमा स्थापित हुने संस्थाको दूरदृष्टि रहेको छ।

यसका लागि २०५९ सालमा सीप र जाँगर भएर पनि पूँजीको अभावले खुम्चिनु परेका महिला दिदीबहिनीहरूलाई लक्षित गरेर बालाजु रोटरी क्लब र आर.एम.डि.सि. (हाल साना किसान लघुवित्त वित्तीय संस्था लि.) को सहयोगमा सुरु गरिएको लघुवित्त कार्यक्रमले बैंकको पहुँच बाहिर रहेका न्यून आय भएका करिब ९००० महिलाहरूलाई उनीहरूकै घरदैलोमा लघु उद्यमी ऋण उपलब्ध गराई सीप विकासको माध्यमबाट उद्यमशीलताको विकास गरी उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनेतर्फ विशेष सहयोग पुर्‍याउँदै आएको छ।

फलस्वरूप महिला दिदीबहिनीको आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार हुने अवसर पाएको छ। उद्यमशीलताको विकास भई आर्थिक तथा सामाजिक सशक्तीकरणले गर्दा स्वाभिमानी र समृद्ध घरपरिवार बनाउन मद्दत मिलेको छ। यसले गर्दा परिवारमा महिलाहरूलाई सम्मानको दृष्टिले हेर्ने गरिएको छ। महिला सदस्य र उनको घरपरिवारको अझै स्तरोन्नतिको लागि नयाँ प्रविधि र तरिकाबाट सामाजिक ज्ञान, वित्तीय साक्षरता, कानुनी साक्षरताका साथै विभिन्न सीपमूलक कार्यक्रमहरूको साथसाथै महिला स्वास्थ्य जाँच, उनका छोराछोरीलाई छात्रवृत्ति सहयोग, उद्यमी बनाउने, निर्णय गर्न सक्ने क्षमतामा वृद्धि गर्ने विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिँदै आएको छ र अझै सशक्त रूपमा कार्यक्रम गर्ने योजना रहेको छ।

संस्थालाई माया गर्ने सबै महिला दिदीबहिनी लगायत सम्पूर्ण सहयोगी हातहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।

जय महिला सहयोगी!

प्रमी श्रेष्ठ

अध्यक्ष

प्रमी श्रेष्ठ

उप कार्यकारी प्रमुख को मन्तव्य

नानी शोभा महर्जन उप कार्यकारी प्रमुख

आदरणीय शेयरधनी सदस्य महानुभावहरूमा मेरो तर्फबाट सहकारी अभिवादन एवं नमस्कार।

आजभन्दा २५ वर्ष अगाडि २०५६ सालमा काठमाडौं जिल्लाभर कार्यक्षेत्र रहने गरी २८ जना महिलाहरूबाट मध्यम र न्यून आर्थिक स्तरका महिलाहरूको सामाजिक र आर्थिक रूपान्तरणका लागि स्थापित यस महिला सहयोगी बचत तथा ऋण सहकारी संस्था (महिला सहयोगी साकोस) ले २०५९ सालदेखि बंगलादेशका अर्थशास्त्री प्रो. डा. मुहम्मद युनुसद्वारा प्रतिपादित, ग्रामीण बैंक मोडलबाट बचत तथा ऋणको कारोबार गर्दै आएको छ।

सहकारीको मूल मर्म र सिद्धान्तमा आधारित भएर यस संस्थाबाट बचत तथा ऋणको कार्यक्रमका साथसाथै महिला उद्यमशीलता र सीप विकास लगायत सामाजिक विकासअन्तर्गत वातावरण सुधार, छात्रवृत्ति वितरण, स्वास्थ्य शिविर, वित्तीय तथा कानुनी साक्षरता जस्ता कार्यक्रमहरू सदस्यहरूका लागि सञ्चालन गर्दै आएको छ।

महिला सहयोगी साकोसले हालसम्म करिब नौ हजार महिला सदस्यहरूको आर्थिक र सामाजिक विकास गर्न काठमाडौं जिल्लाभर ६ वटा सम्पर्क कार्यालयहरूबाट सेवा प्रदान गर्दै आएको छ। भविष्यमा यस सहकारी संस्थाबाट अझ बढी न्यून आयस्तरका महिलाहरूलाई सेवा सुविधा उपलब्ध गराउँदै महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन म लगायत यस संस्थाको सञ्चालक समिति, विभिन्न उपसमिति र कर्मचारीहरू सधैं तत्पर छौं।

यस सहकारीलाई सुरुका दिनदेखि आजको दिनसम्म पुर्‍याउन सहयोग र विश्वास गर्नुभएका सम्पूर्ण शेयरधनी महानुभावहरू, सञ्चालक समिति, उपसमिति, संस्थासँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सरोकार राख्नुहुने विभिन्न संघ-संस्थाहरू लगायत इमानदार र मिहिनेती कर्मचारीहरूलाई कृतज्ञता एवं धन्यवाद दिँदै भविष्यमा पनि निरन्तर सुझाव, सल्लाह र सद्भावको अपेक्षा गर्दछु।

नानी शोभा महर्जन
२०८३ साल श्रावण मसान्त सम्मको (अपरिष्कृत) वित्तीय तथा अन्य विवरण
जम्मा शेयर पुँजी : रु. ८७,५५०,४००.०० संस्थागत पुँजी : ३२,६५४,१८५.६८
जगेडा कोष : रु. ६५,९५६,७१६.४४ अन्य कोषमा जम्मा रकम : रु. २२,०५३,९५०.८२
कुल सम्पत्ति : रु. ९३६,०९९,००७.०९ कुल बचत सङ्कलन : रु. ६३०,०८४,७६९.३१
कुल लगानीमा रहिरहेको रकम : रु. ६४१,४२८,२७०.१३ डुबन्त ऋण कोष व्यवस्था : रु. ४६,२९६,११८.६६
तरलता रकम : रु. २१९,५८४,५६०.२१ कुल शेयर सदस्य : ९,०४९ जना
कुल ऋणी सदस्य : ५,३३० जना तरलता प्रतिशत : ३४.८५%
बाह्य ऋण : रु. ०

तथ्यांङ्कमा हाम्रो संस्था

महिला ९०१५ जना

हाम्रो सम्पर्क कार्यालय

मनमैजु

मनमैजु-डाडागाउँ


फोन
01-4026109
नागार्जुन

नागार्जुन


फोन
01-5673149
गोकर्ण

गोकर्ण


फोन
01-4911067
बसुन्धरा

बसुन्धरा


फोन
01-4954393
चन्द्रागिरि

चन्द्रागिरि


फोन
01-4315303
कोटेश्वर

कोटेश्वर


फोन
01-4990487

बारम्बार सोधिने प्रश्चहरु

सदस्य पहिचान फारम के हो?

सदस्यको पहिचान, कारोबार र कानुनी वैधता सुनिश्चित गर्न भरिने आधिकारिक फारम हो।

सदस्य पहिचान फारम किन भर्ने?

सदस्य पहिचान फारम कारोबारको कानुनी वैधता सुनिश्चित गर्न, वित्तीय सुविधा प्राप्त गर्न र शंकास्पद कारोबारको झन्झटबाट सुरक्षित हुन भर्ने गरिन्छ।

सदस्य पहिचान फारम भर्नुपर्छ कि पर्दैन?

यदि सदस्य पहिचान फारम अझै भर्नुभएको छैन भने आजै कार्यालयमा सम्पर्क गरी अनिवार्य रूपमा भर्नु आवश्यक हुन्छ।

कहिले सदस्य पहिचान फारम अपडेट (अध्यावधिक) गर्नुपर्छ?

राजनीतिक तथा प्रशासनिक उच्च ओहदामा आफू वा परिवारको सदस्य भएमा प्रत्येक वर्ष अपडेट गर्नुपर्छ, पालिका वा सोभन्दा माथिल्लो निकायमा निर्वाचित व्यक्ति वा त्यस्ता व्यक्तिका परिवार भएमा प्रत्येक वर्ष अपडेट गर्नुपर्छ, उच्चपदस्थ व्यक्तिसँग व्यावसायिक साझेदारी वा प्रत्यक्ष सरोकार राख्ने व्यक्ति भएमा प्रत्येक वर्ष अपडेट गर्नुपर्छ, वार्षिक रु. ३० लाख भन्दा माथिको कारोबार गर्ने भएमा प्रत्येक वर्ष अपडेट गर्नुपर्छ, वार्षिक रु. १० लाख देखि ३० लाखसम्मको कारोबार गर्ने भएमा प्रत्येक दुई वर्षमा अपडेट गर्नुपर्छ र अन्य सबै सदस्यहरुले प्रत्येक तीन वर्षमा नियमित रूपमा अपडेट गर्नुपर्छ।

सदस्य पहिचान फारम भर्न के कागजात चाहिन्छ?

सदस्य पहिचान फारम भर्न नेपाली नागरिकताको प्रतिलिपि (आफ्नो र हकवाला दुबै जनाको), हालसालै खिचिएको फोटो र चालु मोबाइल नम्बर, पारिवारिक नाता खुल्ने विवरण, राष्ट्रिय परिचय पत्र (यदि भएमा) र PAN कार्ड (यदि भएमा) आवश्यक पर्छ।

फारम नभरिए के हुन्छ?

सदस्य पहिचान फारम नभरिएमा वित्तीय सेवा लिन समस्या आउन सक्छ र कानुनी तथा नियामक प्रक्रियामा अवरोध सिर्जना हुन सक्छ।